नियम
शैक्षिक योग्यता सम्बन्धी व्यवस्था

बढुवा हुनको निमित्त राजपत्रांकित पदहरुको हकमा नियमावलीको नियम ८१ को उपनियम (३) बमोजिमको शैक्षिक योग्यता र राजपत्र अनंकित पदहरुको हकमा तत्तत् पदहरुमा सेवा प्रवेशको लागि निर्धारित शैक्षिक योग्यता आवश्यक पर्नेछ । तर यी नियमहरु प्रारम्भ हुंदाको बखत सेवा वा समूहमा बहाल रहेका कर्मचारीको हकमा निजलाई त्यस्तोसेवा वा समूहमा प्रवेश गर्न तोकिएको शैक्षिक योग्यता नै यस नियमकोप्रयोजनको निमित्त न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।